कराँते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी नेपाली कराँते खेलाडी एरिका गुरुङ आज मंगलबार काठमाडौं आइपुग्नुभएको छ ।
एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेको सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, कोषाध्यक्ष कपशोर भट्टराईलगायत नेसनल कराँते टिमका सबै खेलाडीहरुले एरिकालाई स्वागत गर्नुभएको हो ।
मोरक्कोको रावतमा भएको प्रिमियर लिगमा एरिकाले फ्रेन्च खेलाडीलाई हराएर कांस्य जित्नुभएको थियो ।