बिजुली उत्पन्न गरेर ‘सास फेर्न’ सक्ने ब्याक्टेरिया उत्पादन

वैज्ञानिकहरूले विद्युतीय उत्पादन गर्ने ब्याक्टेरिया पत्ता लगाएका छन्। यसले भविष्यका आविष्कारहरूलाई शक्ति दिनुका साथै बायोटेक्नोलोजी र इनर्जि इण्डस्ट्री (ऊर्जा उद्योग) मा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताइएको छ।

राइस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले एक निश्चित प्रकारको ब्याक्टेरियाले अक्सिजन सास फेर्नको सट्टा इलेक्ट्रोनहरूलाई आफ्नो वरपर धकेल्ने प्राकृतिक प्रक्रिया प्रयोग गरेर बिजुली उत्पादन गरेर सास फेर्छन् भन्ने कुरा पत्ता लगाए छन्।

धेरैजसो जीवित जीवहरूले खाना पचाउन ९फुड मेटाबोलाइज० गर्न र ऊर्जा उत्पादन गर्न अक्सिजनमा भर पर्छन् भने केही ब्याक्टेरियाले बाह्य सतहहरूमा इलेक्ट्रोनहरू स्थानान्तरण गर्न नेफ्थोक्विनोन भनिने प्राकृतिक कम्पाउण्ड प्रयोग गर्छन् भन्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन्।

यो प्रक्रियालाई एक्स्ट्रासेलुलर रेस्पिरेसन भनिन्छ जसले ब्याट्रीहरूले विद्युतीय प्रवाह कसरी गर्छन् भन्ने कुराको नक्कल गर्दछ र जसले गर्दा ब्याक्टेरियालाई अक्सिजन बिना फस्टाउन अनुमति दिने सेल जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षहरूले उल्लेख गरेको जनाइएको छ।

“श्वासप्रश्वासको यो नयाँ पत्ता लागेको संयन्त्र काम सम्पन्न गर्ने एक सरल र नौलो तरिका हो। कोषबाट इलेक्ट्रोनहरू बाहिर निकाल्छन् जसले गर्दा ब्याक्टेरियाले खाना पचाउन र ऊर्जा उत्पन्न गर्नसकुन भनेर नेफ्थोक्विनोनहरूले मोलिकुलर (आणविक) कुरियरहरू जस्तै काम गर्छन्” राइस डक्टरेटका विद्यार्थी र अध्ययनका पहिलो लेखक बिकी बापी कुन्डुले भने।

वैज्ञानिकहरूले लामो समयदेखि बायोटेक्नोलोजीमा श्वासप्रश्वासको यो असामान्य मोडलाई प्रयोग गर्दै आएका छन्। तर उनीहरूले यसको पछाडिको संयन्त्र पत्ता लगाउन सफल भएको यो पहिलो पटक हो।