राजसंस्था पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले गणतन्त्र दिवसका दिनदेखि थालेको आन्दोलन आज मंगलबार पाँचौ दिन पुगेको छ । अनिश्चितकालीन आन्दोलनमा होमिएका उनीहरु आज काठमाडौंको सिफलचौरमा भेला भएका हुन् ।
आजको कार्यक्रममा राजावादी आन्दोलनका शीर्ष नेताहरु पुगेका छैनन् ।
समर्थकहरु मात्र भेला भएको प्रदर्शनमा लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा, नेपालमै हो छुट्’ गीत घन्काउँदै सहभागीहरु नाचिरहेका छन् ।
त्यसैगरी धर्मगुरु आचार्य श्रीनिवासले ‘श्री राष्ट्रको पशुपतिनाथकी’, ‘श्री मुक्तिनाथ भगवानको’, ‘तीर्थमय नेपाल आमाको’, ‘श्री समस्त गौमाता’ को भनेपछि प्रदर्शनकारीले ‘जय’ भनेका छन् ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            