आज मुलुकभर वर्षा हुने – केहि स्थानमा हिमपात

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज जेठ २१ गते बुधबार,दिउँसो र राति कहाँ-कहाँ वर्षा तथा हिमपात हुन्छ भन्ने प्रक्षेपण गरेको छ।

आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

आज जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा, सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बुआसपासका ठाउँहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ।

उक्त पानी पार्ने प्रणाली उत्तर-पूर्व तीर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।

आज रातिस् कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थान, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।