माग पूरा गर्न धर्ना नै बस्नुपर्ने : कर्मचारी

निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूले आज पनि धर्ना कार्यक्रम राखेका छन् । संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा बिहान साढे १० बजेदेखि १२ बजेसम्म धर्ना दिइरहेका छन् ।

संघीय निजामती कर्मचारी विधेयकको विरोधमा सरकारी कर्मचारीले सिंहदरबारभित्रै विरोध कार्यक्रम सञ्चालन गरेका हुन् ।

कर्मचारीहरु हिजो मंगलबारसिंहदरबारमा जम्मा भएर नयाँ बानेश्वर जाने र संसद भवन बाहिरको गेटमा धर्ना दिने कार्यक्रमलाई रोकेर मन्त्रालयमा धर्नामा बसेका थिए ।