नेपाल नम्बर एक गल्फर सदभाव आचार्यले आज गोकर्ण गल्फ क्लबमा नयाँ कोर्स रेकर्ड बनाएका छन्।
११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको दोस्रो दिन बुधवार १२-अन्डर ६० को अविश्वसनिय स्कोरमा उनले नयाँ कोर्स रेकर्ड बनाएका हुन्।
उनले प्रोपेसनल गल्फर शुक्र बहादुर राईको नाममा रहेको ११-अन्डर ६१ को रेकर्ड तोडेका हुन्। शुक्रले सन् २०२३ को सूर्य नेपाल सेन्ट्रल ओपनमा सो रेकर्ड बनाएका थिए।
गोकर्ण गल्फ कल्बमा उनले आज केियरयरको उत्कृष्ट नतिजा निकाले। यो स्कोर १२ बर्डीको मद्दतमा संभव भएको हो। फ्रन्ट र ब्याक दुवै ६-अन्डर ३० मा सकाए। यो क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवैमा आधा-आधा दर्जन बढी प्रहार गर्न सफल रहे।
सदभावले पहिलो होलमा बर्डीबाट दिनको सुरुवात गरे। यसपछि तेस्रो देखि छैटौं होलमा लगातार ४ र नवौं होलमा पनि बर्डी प्रहार गरे। यो लयलाई ब्याक नाइनमा पनि निरन्तरता दिए।
११औं देखि १५औं होलमा लगातार ५ बर्डी प्रहार गर्दा शुक्रको रेकर्ड बराबरी गरे। १६औं र १७औं होलमा पार जोगाए। १८औं होलको बर्डीले कोर्स रेकर्ड आफ्नो नाममा लेखाए।
यो स्कोर सदभावको करियरको उत्कृष्ट प्रदर्शन हो। उनले गत बर्ष सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप ८-अन्डर ६४ को स्कोर निकालेका थिए।