आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको नेपालले तेस्रो सफलता पाएको छ ।
दोस्रो सफलता पाएको १ सय बल पछि नेपालले तेस्रो सफलता पाएको हो । तेस्रो विकेटका रुपमा नेदरल्याण्ड्सले विक्रमजित सिंहलाई ३८ रनमा गुमाएको छ । नेपाललाई तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका हुन् ।
२२ औं ओभरको तेस्रो बलमा सन्दीपले ५६ बल खेलेर २ चौका प्रहार गरेका सिंहलाई आउट गराएका हुन् । नेपालले अहिले २२ ओभरको समाप्तीमा ८८ रन खर्चिएर नेदरल्याण्ड्सको ३ विकेट लिएको छ । नेपालले नेदरल्याण्ड्सका दुवै ओपनरलाई आउट गराइसकेको छ ।
नेपालले नेदरल्याण्ड्सका दुवै ओपनर माइकल लेभिट र म्याक्स ओ डाउडलाई सस्तैमा आउट गराईसकेको थियो । पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा सोमपाल कामीले लेभिटलाई १ रन जोडेको अवस्थामा आउट गराए ।
नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर म्याक्स ओ डाउडलाई ४ रनमा आउट गरायो । म्याक्स करण केसीको बलमा बोल्ड आउट भए । नेदरल्याण्ड्सका लागि अहिले क्रिजमा कप्तान स्कट एडवाड्र्स र जान लियोन रहेका छन् । नेदरल्याण्ड्स टस जितेर ब्याटिङ गरिरहेको छ ।