माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक अहिले बसिरहेको छ।
माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको निवास खुमलटारमा बिहीबार बिहानबाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
बुधबार सर्वोच्च अदालतले पूर्व सभामुखसमेत रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएको थियो।
यही सन्दर्भसहित विभिन्न राजनीतिक विषयमा छलफलका लागि बैठक बसेको प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले जानकारी दिए।
आचार्यका अनुसार बुधबार सर्वोच्चको संवैधानिक इजलासले उपाध्यक्ष सापकोटाको विषयमा गरेको फैसलालाई माओवादीले त्यति नकारात्मक रुपमा लिएको छैन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विगत केही दिनदेखि माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुले संसद् बैठक चल्न दिएका छैनन्। बैठकमा यस विषयमा पनि छलफल हुनेछ।