नबिल बैंकको सीइओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिले सिईओमा नियुक्त गरेको हो ।

उनी जेठ २२ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि ज्ञवालीलाई सीईओमा नियुक्त भएका हुन् । ज्ञवाली २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

त्यसैगरी गत चैत १३ गते देखि उनी नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । ज्ञानेन्द्र ढुंगानाको राजीनामापछि बैंकको सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी सुम्पिएको हो ।

करिब २५ वर्ष भन्दा धेरै बैंकिङ क्षेत्रमा बिताइसकेका उनीसँग बैकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकमा समेत ५ वर्ष काम गरेको अनुभव छ ।

ग्लोबल आईएमई बैंकमा ७ वर्ष विताएका ज्ञवालीले २ वर्षसम्म ज्योति विकास बैंकको नेतृत्व गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका
उनी सेलिब्रेटी बैंकरका रूपमा चिनिन्छन् ।