‘टेक एण्ड पे’ संशोधन नभए चरणबद्ध आन्दोलनको तयारी

‘टेक एण्ड पे’ संशोधन नभए चरणबद्ध आन्दोलनको तयारी गर्नेमा लगानीकर्ताहरु लागेका छन् ।

आज बिहिबरा काठमाडौंमा आयोजित कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पहिलोपटक कालो ब्यानरमा सार्वजनिक कार्यक्रम गरेको हो ।

लगाता शंकटमा परेका ऊर्जा उद्यमीहरुले “सरकार ‘टेक एण्ड पे’ पीपीए गलत छ, फिर्ता लेउ, फिर्ता लेउ, फिर्ता लेउ” को नारा लगाएका छन् ।

कार्यक्रममा प्रवर्द्धकहरुले आगामी आर्थिक वर्षको बजेटमा आएको नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ लिएपछि मात्रै प्रावधान अनुसार विद्युत खरिद सम्झौता गर्ने घोषणाका विरुद्ध ऊर्जा उत्पादकहरुले चरणबद्ध आन्दोलनमा जानुपर्नेमा जोड दिन्छन् ।

उनीहरुको आक्रोस यतिमा मात्रै रोकिँदैन । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाको अनुमतिपत्रबाहक प्रवर्द्धकहरुको भेलामा उनीहरुले सरकारले यो बुँदा नसच्याए चरणबद्ध आन्दोलन अघि बढाउँदै ‘बल्याकआउट’सम्ममा जानुपर्ने धारणा राख्छन् ।