बजेट कार्यान्वयनको गृहकार्य सुरु

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबिच तादात्म्यता मिलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको हो ।

अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन् । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।