नेपाल बिमा प्राधिकरणले बिमा दाबीसम्बन्धी उजुरीको सुनुवाइ गर्ने प्रयोजनका लागि केन्द्रीय कार्यालय, कुपन्डोलमा बिहीबारदेखि इजलास सञ्चालनमा ल्याएको छ ।
नेपाल बिमाप्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बिमासम्बन्धी उजुरी शीघ्रताका साथ फस्र्योट गर्दै जाने प्रतिबद्धता जनाएअनुसार छुट्टै कक्ष स्थापना गरी इजलास सञ्चालनमा ल्याइएको हो ।
इजलासमा नेपाल बिमा प्राधिकरणका संचालकहरुको उपस्थिति रहेको थियो ।