पूर्व राष्ट्रपति र प्रधानमन्त्री विराटनगर तर भेटघाट नगर्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार विराटनगर पुग्ने कार्यक्रम छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हिजै विहिबार त्यहाँ पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो मोरङको कटहरी गाउँपालिका २,हल्दिबारीमा जीवन विकास लघुवित्तको पाँचतले सामुदायिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ ।
दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको उक्त अस्पतालको चर्चा निकै छ ।
पूर्व राष्ट्रपति भण्डारीले आज पालिका उपप्रुमख र उपाध्यक्षहरुको राष्ट्रिय भेलाको उदघाटन गर्ने कार्यक्रम छ । हिजै त्यहाँ पुग्नुभएकी पूर्व राष्ट्रपति राजनीतिक भेटघाटमा सक्रिय हुनुहुन्छ ।
उहाँलाई हिजो विमानस्थलमा कोशी प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीलगायतको स्वागत थियो ।

प्रधानमन्त्री आजै काठमाडौंबाट विराटनगर पुगेर फर्कने कार्यक्रम छ । तर उहाँहरुबीच भेटघाट र कुराकानीको कुनै सम्भावना छैन । जसका कारण दुई नेताबीाच मनमुटाब भएको हो कि भन्ने प्रश्न सबैमाझ देखिएको छ ।