वैदेशिक रोजगार विभागले १३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । विभागको धरौटी खातामा रहेको तीन अर्ब ५३ करोडमध्ये १३ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागिएको हो ।
त्यसका लागि विभागले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ । आफूले लिन चाहेको रकमसहित ब्याजदरलगायत अन्य विवरणसहितको दरभाउपत्र फाराम बुझाउन भनिएको छ ।
सूचनामा उल्लेख छ, ‘यस विभागको धरौटी खातामा रहेको तीन अर्ब ५३ करोडमध्ये १३ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त विभिन्न वाणिज्य बैंकहरुमा एक वर्षको मुद्दती निक्षेपमा लगानी गरिने भएकाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरलगायत अन्य विवरणसहितको दरभाउपत्र फाराम मिति २०८२–०२–२८ गते दिनको ३ बजेभित्र यस विभागको आर्थिक प्रशासन शाखामा ब्याजदर प्रस्ताव पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।’
सरकारी धन कसले खाला मन को उखानजस्तै देखिएको भान पर्न जान्छ विभागको सूचनामा
