बाम्का बजारमा लागेको आगलागी नियन्त्रणमा आएको छ। आज शुक्रबार दिउँसो ३३० बजे आसपासमा स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विस्फोट हुँदा बुढीगंगा नगरपालिका(६ स्थित बाक्का बजारमा भीषण आगलागी भएको थियो।
बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले आगलागीबाट ४० वटा घर पसल जलेर पूर्णरुपमा नष्ट भएको जानकारी दिुनभयो ।
“सुरुमा एउटा सिलिण्डर पड्किएर आगो लागेको पछि त अरु पसलमा भएका त्यही पसलमा भएका सिलिण्डर पड्किएर सबै ध्वस्त भयो, उहाँले भन्नुभयो, ४० बढी पसल पूर्ण ध्वस्त भएका छन्। क्षति आँकलन गर्न सकिएको छैन। तीन घण्टामा बल्लतल्ल आगो नियन्त्रणमा आएको छ।”
उहाले दमकल नहुँदा आगो नियन्त्रणमा लिन समस्या भएको बताउनुभयो । उहाँले थप्नुभयो, “हामीसँग दमकल थिएन। गाग्री, बाल्टी ट्यांकरमा पानी ल्याएर आगो नियन्त्रणमा लिन सफल भइयो।”
