२०६४ पछि पदमा बसेका सबैलाई छानविन गर्न प्रचण्डको चुनौती

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) अख्तियारले शङ्कास्पद ढंगले कार्य गरेको जनाएका छन्।

पतञ्जली नेपालको जग्गा प्रकरणमा अख्तियारद्वारा गरिने छानवीनमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तानिएपछि तथा नेपालको सांसद पद निलम्बनमा परेपछि प्रचण्डले यस्तो भनेका हुन ।

शुक्रबार प्रचण्डलाई पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पहिलेको निर्णयअनुसार र प्रयोग अनुसार मन्त्रीपरिषदको निर्णय अख्तियारले नहेर्ने भएकाले अहिले जुन कार्य गरिएको छ ।त्यो प्रतिसोधात्मक भएको जिकिर गरेका छन् ।

लालितानिवास जग्गा प्रकरणमा बाबुराम भट्टराई सहितका नेतालाई अख्तियारले छानबिन नगरेकाले यो मुदामा समेत अख्तियारले निर्णय लिन नहुने बताएका छन् यदि अख्तियार यसरी लाग्नेनै हो भने २०६४ पछि पदमा बसेका सबैलाई छानविन गर्न चुनौती समेत दिएका छन् ।