राजा लिन भनेर हिँडेका थाकिसके अब बहस नगरौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा लिन हिँडेका मान्छे थाकेर फर्किसके अब यसको चर्चा नगरौँ भन्ने अभिव्यक्ति दिएका छन् ।

राजाका बारेमा र राप्रपाले गरेका आन्दोलन तथा राजा फर्कन सम्भव छ कि छैन भनेर धेरैले बहस टिका टिप्पणी गरेपनि थापा मौन थिए।