अघिल्लो वर्ष असोजमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त भएका मकवानपुरको बागमती नदी र कुलेखानी ड्याम क्षेत्रका दुई मुख्य पुलमाथि बेलिब्रिज जडानले गति लिएको छ। मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीमाथि बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ भने इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा केही दिनमै बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीमाथि बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ। हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ आईतबार बाट सञ्चालनमा आउने भएको छ।