काठमाडौँको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-६ बौद्धस्थित रामहिटीमा गएराति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बागमती प्रदेश ०१.००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने करिब ६५ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ।
‘दुर्घटनापछि चालक टिपर लिएर भागेका थिए,’ प्रहरीले जनाएको छ, ‘टिपर चालक काभ्रेको मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।’
दुर्घटनापछि भागेका चालकलाई मण्डनदेउपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको उनले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।