शीर्ष स्तरका नेताले बेलामा नसोच्दा मुलुक यस्तो भयो अब जनताले आउदो चुनावमा सोच्न अत्यन्तै जरुरी छ । कांग्रेस सांसद सुनिल शर्माको दाबी भुटानी शरणार्थी प्रकरणमा पुन: अनुसन्धान हुनु अत्यन्तै जरुरी छ। वास्तवमा, सबैभन्दा बढी पैसा खाने मान्छेहरू आजको मितिमा पनि राज्य सञ्चालनका प्रमुख ठाउँहरूमा छन्।
तपाईं अख्तियारभित्र छानबिन गर्नुहोस्। यदि आज उपल्लो तहका मान्छेहरू परेनन् भने, मेरो नाम सुनिल शर्मा हैन। तपाईं राज्य सञ्चालनका उच्च तहमा बसेका व्यक्तिहरूलाई छानबिन गर्नुहोस्, यदि ती मान्छेहरू परेनन् भने मलाई भन्नुहोस्।
अख्तियार, प्रधानमन्त्रीको कार्यालय, पूर्वप्रधानमन्त्रीहरूको कार्यालय तथा उनीहरूका परिवारका सदस्यहरूदेखि लिएर, धेरै व्यक्ति जेल जान सक्ने सम्भावना उच्च छ। यही कारणले भुटानी शरणार्थी सम्बन्धी फाइललाई गुपचुप पारिएको छ।
केही भरियाहरूलाई मात्रै जेलमा राखिएको छ, तर वास्तविक पैसा खानेहरू र त्यसका डिजाइनरहरू अझै पनि बाहिरै छन्।
यसको न्याय अब ढिला चाँडो भगवानकै हातमा छ उपचार त उहाँले नै गर्नु हुनेछ भन्दै उनले टेलिभिजन अन्तरवार्तामा बोलेका छन ।