शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको दोश्रा दिन आज सोमबार दोहोरो अंकले बढेको छ।
नेप्से २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से बढे पनि कारोबार रकम भने घटेको छ।
आइतबार नौ अर्ब १३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार आठ अर्ब ६८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४५ करोड रूपैयाँ कमी आएको हो।
आज ३२४ वटा धितोपत्रको एक करोड ७५ लाख एक हजार ८०२ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यस दिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
भूगोल इनर्जीको मूल्य सर्वाधिक ७.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७२५ रूपैयाँ ५९ पैसामा झरेको छ।
यसैगरी, मिथिला लघुवित्तको मूल्य ५.२३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४६५ रूपैयाँ ८४ पैसा कायम भएको छ।
सोमबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ८२६ रूपैयाँमा ६२ करोड २८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७२ रूपैयाँमा ५४ करोड ९५ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स, जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने १० समूहको परिसूचक बढेको छ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.६३ प्रतिशतले बढेको छ।