अमेरिकाबाट डिपोर्ट भएका ५ जना नेपाली महिला पनि अवैध बाटोबाट अमेरिका गएको खुलेको छ । अमेरिकाबाट डिपोर्ट भएर आइतबार काठमाडौं आइपुगेका ३७ जनासँग मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले सोधपुछ गरेको थियो ।
त्यसक्रममा फिर्ता आएका महिलाहरुले आफूहरु अवैध बाटोबाट अमेरिका गएको खुलाएका थिए । तर, उनीहरुले अमेरिका पठाउने व्यक्तिहरुबारे भने सूचना दिएनन् । अमेरिकाले धमाधम कानुनसम्बत नआएका विभिन्न नागरिकहरुलाई देशनिकाला गर्दैछ ।