नेपाल बैंकका तत्कालीन अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीसहित ५ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा

पौने २ अर्ब रुपैयाँको रुपन्देहीको सिद्धार्थनगर १, बेलहियामा ‘भुसाल हस्पिटालिटी’ ले सञ्चालन गर्न लागेको रेडिसन होटल परियोजनाका लागि ऋण प्रक्रिया सहजीकरण गरिदिने भन्दै व्यावसायिक ऋण स्वीकृत गराउन भारतीय नागरिकलाई बिचौलियाका रूपमा प्रयोग गरी रू १९ लाख घुस लिएको अभियोगमा अख्तियारले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीसहित ५ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।