आज पनि विभिन्न स्थानमा वर्षा, केहि ठाउँमा हिमपात

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज ९जेठ २७, मंगलबार० कहाँ(कहाँ वर्षा तथा हिमपात हुने सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ।

आज दिउँसोस् कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

आज रातिस् कोसी प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।

हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ।