नासाको २००१ मार्स ओडिसी अर्बिटरले रेड प्लानेट (मंगल ग्रह)मा २० किलोमिटर अग्लो ज्वालामुखीको आश्चर्यजनक तस्वीर खिचेको छ। बिहानको समयमा माथिल्लो वायुमण्डलबाट खिचिएको तस्बिरमा आर्सिया मोन्समा ग्रिन हेज (हरियो धुवाँ) देखिन्छ।
हवाईमा अवस्थित र सिफ्लोर (समुद्रको भुइँबाट) नौ किलोमिटर माथि उठेको पृथ्वीको सबैभन्दा ठूलो ज्वालामुखी शिखर मौना लोआ भन्दा आर्सिया मोन्स समिट लगभग दोब्बर अग्लो भएको बताइएको छ। साथै १२० किलोमिटर चौडा भएको आर्सिया मोन्स समिट (शिखर) क्याल्डेरा पृथ्वीका धेरै ज्वालामुखीहरू भन्दा पनि ठूलो भएको बताइएको छ।
थर्मल इमिसन इमेजिङ सिस्टम प्रयोग गरेर मे महिनाको २ तारिखमा लिइएको पानोरामा तस्बिरले पहिलो पटक ग्रहको विशाल ज्वालामुखी देखाएको उल्लेख गरिएको छ। आर्सिया मोन्स थार्सिस ज्वालामुखीहरूको सबैभन्दा दक्षिणी भाग हो भने तीनमध्ये सबैभन्दा बादल हुने गरेको बताइएको छ।
“हामीले बिहानको बादलभन्दा माथि शिखर उठेको देख्ने आशामा आर्सिया मोन्सलाई रोज्यौं। र यसले निराश पारेन” त्ज्भ्ःक्ष्क् का सञ्चालन प्रमुख, टेम्पेस्थित एरिजोना स्टेट युनिभर्सिटीका जोनाथन हिलले भने।
‘रेड प्लानेट सूर्यबाट सबैभन्दा टाढा हुँदा आर्सिया मोन्समा बादलहरू विशेष गरी बाक्लो हुन्छन्, जसलाई एपेलियन भनिन्छ’ भनि अनुसन्धानकर्ताहरूले बताएका छन्।
“मंगल ग्रहको बादलको बारेमा बुझ्नको लागि मंगल ग्रहको मौसम र डस्ट स्टर्म (धुलोको आँधी) जस्ता घटनाहरू कसरी हुन्छन् भनेर बुझ्न पर्नेछ” नासाले बताएको छ।
ओडिसी अर्बिटर सन् २००१ मा प्रक्षेपण गरिएको थियो र यसलाई अर्को ग्रहको परिक्रमा गर्ने सबैभन्दा लामो समयसम्म चल्ने मिसन मानिन्छ। उक्त तस्विर खिच्नको लागि मंगल ग्रहको सतहको अध्ययन गर्न निर्मित यसको क्यामराले यसलाई सफासँग खिच्न सकोस् भनेर ओडिसी अर्बिटर कक्षमा हुँदा ९० डिग्री रोटेट हुने बताइएको छ।
क्यामराको एङ्गलले वैज्ञानिकहरूलाई धुलो र पानीको बरफको बादल तहहरू हेर्न अनुमति दिने बताइएको छ जसले गर्दा उनीहरूलाई मौसमको क्रममा परिवर्तनहरू अवलोकन गर्न सक्षम बनाउने उल्लेख गरिएको छ।
“हामी यी क्षितिज तस्बिरहरूमा केही साँच्चै महत्त्वपूर्ण मौसमी भिन्नताहरू देखिरहेका छौं” मेरील्याण्डको ग्रीनबेल्टमा रहेको नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका ग्रह वैज्ञानिक माइकल डी. स्मिथले भने। “यसले हामीलाई मंगल ग्रहको वायुमण्डल समयसँगै कसरी विकसित हुन्छ भन्ने बारे नयाँ संकेतहरू दिइरहेको छ” भनि उनले थप बताएको एनडीटिभीले रिपोर्ट गरेको छ।