एप्पलले सन् २०२४ मा जारी गरिएको आईओएस १८ को यस संस्करणको वितरणको आधिकारिक तथ्याङ्क घोषणा गरिएको छ। साथै आईप्याड र आईप्याडओएस १८ प्रणालीको डाटा पनि घोषणा गरिएको छ।
एप्पलको आधिकारिक तथ्याङ्क अनुसार, पछिल्ला चार वर्षमा प्रस्तुत गरिएका आईफोनहरूको पूर्ण ८८ प्रतिशतले हाल आईओएस १८ चलाइरहेका छन्।
यदि पुरानाहरू सहित प्रचलनमा रहेका सबै डिभाइसहरूलाई विचार गर्ने हो भने यो ८२ प्रतिशत हुनेछ र यो धेरै प्रभावशाली तथ्याङ्क भएको बताइएको छ। साथै, अन्य डिभाइसहरूको ९ प्रतिशतले भने अझै पनि आईओएस १७ चलाइरहेको उल्लेख गरिएको छ।
प्रयोगकर्ताहरूको सानो भागले आफ्नो फोन अपडेट गर्न नचाहेको अपेक्षा गरिएको छ र यस अवस्थामा, त्यो संख्या एकदम कम भएको जनाइएको छ।
आईप्याडको सन्दर्भमा, ८१ प्रतिशत नयाँ डिभाइसहरू आईप्याडओएस १८ मा अद्यावधिक (अपडेट) गरिएका छन् भने समग्र तथ्याङ्क ७१ प्रतिशत पुगेको उल्लेख गरिएको छ।
धेरै प्रयोगकर्ताहरूले वेब ब्राउजिङ्ग वा भिडियो हेर्ने जस्ता आधारभूत कार्यहरूको लागि मात्र आईप्याड प्रयोग गर्ने र नयाँ फङ्गसनेलिटीहरूको आवश्यकता महसुस नगर्ने कारणले गर्दा तथ्याङ्कमा यो नतिजा देखिएको हुन सक्ने उल्लेख गरिएको छ।
एप्पलले आफ्नो डब्ल्यूडब्ल्यूडीसी सम्मेलनमा आईओएस र आईप्याडओएसको अर्को संस्करण अनावरण गर्ने अपेक्षा गरिएको छ। यद्यपि, नयाँ संस्करणलाई आईओएस १९ भनिनेछ वा छैन भन्ने बारेमा निश्चित नभएको उल्लेख गरिएको छ।
साथै हालैका अफवाहहरूले एप्पलले वर्ष–आधारित नामकरण प्रणालीमा स्विच गर्न सक्ने सुझाव दिएको हुनाले अब आईओएस र आईप्याडओएस २६ देख्न सकिने सम्भावना रहेको उल्लेख गरिएको छ।
गत अप्रिल महिनाको ९टु५गुगलको एक रिपोर्ट अनुसार, एन्ड्रोइड १५ केवल ४।५ प्रतिशत एन्ड्रोइड डिभाइसहरूमा स्थापना गरिएको उल्लेख छ।
वास्तवमा, एन्ड्रोइडको सबैभन्दा व्यापक रूपमा प्रयोग हुने संस्करण हाल एन्ड्रोइड १४ भएको बताइएको छ जुन सबै इन्स्टलेसनहरूको २७.४ प्रतिशत हो।
एप्पलको तुलनामा प्रतिशत यति कम हुनुको मुख्य कारण भनेको एन्ड्रोइडमा अपडेटहरू वितरण गर्ने तरिकासँग सम्बन्धित रहेको बताइएको छ जहाँ प्रत्येक डिभाइस निर्माता (जस्तै सामसङ, शाओमी, आदि) ले आफ्ना डिभाइसहरूको लागि कहिले ९र यदि० अपडेटहरू प्रदान गर्ने भनेर आफैंले निर्णय गर्ने गरेका छन्।