नेपाली कांग्रेस स्याङ्गजाका नेता लालबहादुर अधिकारी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
फेदिखोला गाउँपालिकाका स्थानीय नेता अधिकारी कांग्रेस छोडेर आज मंगलबार माओवादीमा मिसिनुभएको हो । पोखरा पुग्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई पार्टीमा स्वागत गर्नुभयो ।
यसअघि आज बिहान अशोक राई नेतृत्वको जसपा कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता(कार्यकर्ता पनि माओवादी प्रवेश गरेका थिए । प्रचण्ड निवास खुमलटार पुगेर उनीहरु माओवादीमा समाहित भएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।