कानूनी प्रावधान बिना नै पूर्वराष्ट्रपति रामवरण यादवले आफ्नै घर हुँदाहुँदै मासिक १ लाख ९२ हजार रुपैयाँ भाडाको घरमा बस्न गृह मन्त्रालयबाट रकम लिइरहेका छन्, साथै मासिक ५० हजार रुपैयाँ भत्ता पनि बुझ्दै आएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छोरीको घरमा बसे पनि सुरक्षाकर्मीका लागि भनेर छुट्टै घरको नाममा मासिक १ लाख रुपैयाँ लिँदै आएकी छन्, । पूर्वराष्ट्रपति दुवैले सवारीचालक, उपसचिव स्तरको सचिव र कार्यालय सहयोगीसहित सरकारी सचिवालय सुविधा मज्जाले भोगिरहेका छन्। राष्ट्रपतिबाट बिदा भएर पनि सुविधा बहालवाला भन्दा कमी छैन।