सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका– ६, जामुनाखर्कमा यात्रु प्रतीक्षालय निर्माण गरेको छ। प्रतीक्षालय वडाका अध्यक्ष कृष्णसिंह बानियाँलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले जलवायु परिवर्तन न्यूनीकरण गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २७ गते गण्डकी प्रदेशको वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा बृहत् वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरेको छ बैंकले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण पनि गरेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले BANK OF THE YEAR 2024 को उपाधि जित्न सफल भएको थियो ।