नेपाल चामल, तेल, दाल उद्योग संघ र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद कुमार दुगडले कृषिसम्वन्धी सरकारी तथ्यांकमा गम्भीर त्रुटी रहेको औंल्याउँदै यसले देशको कूल गार्हस्थ उत्पादन जीडीपी समेत प्रभावित भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको आपूर्ति तथा बाणिज्य विभागले मंगलबार आयोजना गरेको बजेटलक्षित छलफल कार्यक्रममा उहाँले गलत तथ्यांकका बीच दुई बर्षमा चामलमा नेपाललाई आत्मनिर्भर बनाउने कुरा बजेटमा उल्लेख गरिएकोमा आश्चर्य प्रकट गर्दै तथ्यांक सुधार नगर्दासम्म यस्तो लक्ष्यले परिणाम नदिने कुरामा जोड दिनुभएको छ कृषि क्षेत्रको सबैभन्दा ठूलो समस्या नै तथ्यांक रहेको बताउनुभएको छ।
साथै यो तथ्यांक सुधार नगरेसम्म नेपालको कृषि क्षेत्र सुधार नहुने बताउँदै । उहाँले हामीलाई सरकारको वित्तीय सहयोग नभई सहजीकरण मात्रै भए खाद्यान्नमा परनिर्भरता कम गर्न सकिने बताउनुभएको छ ।