नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भएको हो । अछामको उक्त क्षेत्रमा बिहान सबेरैदेखि चट्टयाङसहित वर्षा भइरहेको छ ।