नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्वले राम्रो काम गर्न नसक्दा बढेको असन्तुष्टिमा व्यवस्था विरोधीहरुले टाउको उठाउने मौका पाएको बताउनुभएको छ ।
मुस्ताङ यात्राका क्रममा आज बुधबार म्याग्दी पुग्नुभएका उहाँले अन्नपूर्ण गाउँपालिका(३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै त्यस्तो धारणा राख्नुभएको हो । राजनीतिक नेतृत्वले कमजोरी सुधारेर गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि प्रचण्डले जोड दिनुभयो ।
लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि फर्किने कल्पना पनि गर्न नसकिने उहाँले बताउनुभयो । राजतन्त्र अन्त्यपछि जन्मिएको पुस्तालाई राजतन्त्र र गणतन्त्रको पृथकता थाहा नभएकाले उनीहरुलाई प्रशिक्षित गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।
‘अलिअलि राजतन्त्र भोगेका युवाहरुलाई त भनिरहनै परेन, तर राजतन्त्र अन्त्यपछि जन्मिएका, जसलाई हामीले जेन(जी भनेर बुझ्छौँ, उनीहरुलाई यसको सौन्दर्यबारे अगवत गराउनुपर्नेछ’, उहाँले भन्नुभयो, ‘जेन(जी पुस्ता पनि सबै होइन, केही सिमित वर्गलाई राम्रोसँग बुझाउनुपर्ने भएको छ, त्यसमा शिक्षक र अभिभावकहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ ।’
पूर्व प्रम प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई अब सिंहासनमा फर्काउने कल्पना नगर्न भन्दै राजावादीलाई कटाक्ष पनि गर्नुभयो ।