भारतका एक व्यक्तिले अचानक घरमा सन् १९९५ मा किनेको शेयरको प्रमाणपत्र फेला पारे, जुन उनका बुवाले किनेर बिर्सिएका थिए । यी कागजात ती व्यक्तिको बुवाले किनेको स्टील कम्पनीको शेयरसँग सम्बन्धित छन्। जसमा भारु १ लाख लगानी गरिएको थियो। जुन अहिले लगभग भारु ८० करोड भएको छ। बुवाले किनेर बिर्सेको उक्त शेयरले तीे व्यक्ति क्षणभरमै करोडपति बनेका छन्। यो खबर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण त हो नै, तर दीर्घकालीन रुपमा शेयर लगानी गर्नेका लागि लाभदायक हुन सक्छ भन्ने एक उदाहरण पनि हो यो । तर नेपालमा कतिपयले शेयर बजारलाई जुवाको रुपमा हेर्ने गरेका छन् ।
photo from meta ai