मेयर बालेन्द्र साह (बालेन) सँग ‘ट्युन’ मिलेको भनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। परियार हाल सूचना तथा प्रशारण विभाग महानिर्देशक छन्।
परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित कार्यमा चार करोड भन्दा बढी रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।