आज च्याउ सस्तो, बन्दा महंगो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज च्याउ, गोलभेँडा, भिन्डी, भन्टासहितका तरकारीको मूल्य घटेको छ। तर, बन्दासहितका केही तरकारी भने महँगिएका छन्। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाल गोलभेँडा ९६, ठूलो भारतीय गोलभेँडा ९६, सानो लोकल गोलभेँडा ६८, टनेलको गोलभेँडा ७७, रातो आलु ४९, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ४०, लोकल गाँजर ६८, बन्दा २८, स्थानीय काउली ५७, लोकल सेतो मुला ३१, लाम्चो भन्टा २३, डल्ले भन्टा ३२, तने बोडी ३३, मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ४७, परबल ४०, घिरौँला ३७, झिँगुनी ५३, हरियो फर्सी लाम्चो ३६, डल्ले फर्सी ३२, पाकेको फर्सी ४०, भिन्डी २७, कन्य च्याउ १५४, डल्ले च्याउ २३०, ब्रोकाउली ६३, न्युरो २२, कुरिलो २९०, सिताके च्याउ ८६०, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा १०४, ठूलो भारतीय गोलभेँडा १०४, सानो लोकल गोलभेँडा ७५, टनेलको गोलभेँडा ८६, रातो आलु ३७, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ६५, बन्दा १८, स्थानीय काउली ६३, लोकल सेतो मुला ३१, लाम्चो भन्टा २६, डल्ले भन्टा ३६, तने बोडी ३६, मकै बोडी ६७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ४९, परबल ४८, घिरौँला ४७, झिँगुनी ५७, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २७, पाकेको फर्सी ४०, भिन्डी ३८, कन्य च्याउ १९४, डल्ले च्याउ २९०, ब्रोकाउली ७८, न्युरो २७, कुरिलो २७०, सिताके च्याउ ८७०, राजा च्याउ २९४ रुपैयाँ प्रतिकिलो थियो।