जग्गा नहुनेहरु नआत्तिनु : निवेदन दिए पाइन्छ

भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ।

आयोगले आज सूचना जारी गर्दै आजदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहबाट वडाको तोकिएका स्थानमा निवेदन दिन आह्वान गरेको हो।

देशका सातवटै प्रदेशका ५३ जिल्लाका भूमिहिन सुकुम्बासीले निवेदन दिन सक्नेछन्।