बेल्जियमका राजदूत अधिकारी नेदरल्याण्ड्सको पनि

राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियमका लागि नेपालका आवासीय राजदूत सेवा लम्साल अधिकारीलाई नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा १ बमोजिम उहाँले सेवालाई नेदरल्याण्ड्सका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अधिकारीलाई नेदरल्याण्ड्स अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको जनाएको छ ।