पत्रकार नारायण अर्याल पक्राउ

नेपाल प्रहरीले पत्रकार नारायण अर्याललाई पक्राउ गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार उनलाई प्रहरीले कुपण्डोलबाट पक्राउ गरेको हो ।

‘कलमजिवी (पत्रकार) नारायण अर्याललाई प्रहरीले पक्राउ गरेको छ,’ लम्सालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘कुपन्डोलको नटराज ट्राभल्सबाट नियन्त्रणमा लिएको छ ।’

यसअघि आज बिहिबरा बिहान पत्रकार अर्यालले आफूलाई खोज्दै सादा पोशाकका प्रहरी कुपण्डोलस्थित निवासमा पुग्नुभएको बताउनुभएको थियो ।

सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिनुभएको थियो ।