मध्यराति अदालतको आदेश दुर्गा प्रसाई सहित सात जना अझै थुनामा रहने

दुर्गा प्रसाईं सहित सात जना अझै थुनामा रहने बाकी बत्तीस जनालाई रिहा गर्ने आदेश रवीन्द्र मिश्र र धवल समशेरको राणाको बारेमा आएन केही कुरा

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने अदालतको आदेश रहेको छ आदेश काठमाडौंजिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भयो ।

सोही अनुसार, जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले मुद्दा अनुसार काम अघि बढाएको छ । तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आजको आदेशमा केही उल्लेख छैन । तीनकुने उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।