मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन त्यसैले राजीनामा आउँदैन :गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा नदिने जिकिर गर्दै भने भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन

  • Clock icon
    २०८२ जेष्ठ ३०, शुक्रबार

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर लामो समयदेखि बन्द भएको संघिय सांसदमा गृहमन्त्री रमेश लेखकले आफूले राजीनामा नदिने जिकिर गर्दै भने भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन । म मन्त्री भएपछि मात्रै भिजिट भिसाको प्रणाली प्रारम्भ भएको हो भन्ने नियोजित ढङ्गगले प्रचारीत गरिँदै छ, त्यसो होइन । भिजिट भिसाको प्रणाली हाम्रो देशमा वर्षौंदेखि लागू थियो र अहिले पनि निरन्तर रहेको छ । मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने संवैधानिक भूमिका प्राप्त गरेको सवल संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि काम कारबाहीलाई म खुल्ला हृदयले स्वागत गर्दछु । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ जुन मेरो प्रत्यक्ष वा अप्रत्यक्ष मातहतमा पर्दैन । भन्दै राजीनामा नदिने जनाए