विदेशबाट आयात हुने र स्वदेशमै उत्पादन हुने वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी लेबल अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले कार्यान्वयनमा ल्याएसँगै व्यापारीको चर्को असन्तुष्टि सतहमा आएको छ।
सरकारले चाहे जसरी तत्काल कार्यान्वयन नगरी समयको माग व्यावसायीहरूले गरेका छन् ।
नेपाल कस्मेटिक व्यवसायी संघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको छलफलमा सहजपनको खोजी भएको छ ।
नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष ऋषिकेश तिमिल्सेनाले पछिल्ला साताहरूमा बजार अनुगमन तीव्र पार्दै चेतावनीबीना कारबाही हुँदा व्यवसायीमा समस्या भएको औंल्याउनुभयो ।
उहाँले कस्मेटिक व्यवसायीलाई एमआरपीको जानकारी सहित कार्यान्वयनको लागि समयको माग गर्नुभयो ।
छलफलमा व्यवसायीलाई त्राहिमाम पार्ने काम सरकाबाट भएकाले व्यवसाय नै परिवर्तन गर्नुपर्ने भएकाले सहज वातावरण निर्माण गर्न सहभागि व्यवसायीहरुले माग समेत गरेका थिए ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दहालले कस्मेटिकका व्यापारीले विभाग एकपक्षीय ढङ्गले अगाडि बढिरहे कलकारखाना बन्द गरेर सरकारलाई चाबी बुझाउने चेतावनी दिनु गलत रहेकाले निर्देशनलाई पालना गर्न आग्रह गर्नुभयो
उहाँले नबुझेको विभागले स्पष्ट पार्ने समय पर्याप्त भएकाले नआत्तिकन नियमानुसरा राजश्व तिर्नुपर्नेमा व्यवसायीलाई सचेत गराउनुभयो ।