नयाँ बजेटको विषयमा महोत्तरीका सुनचाँदी व्यवसायीले गरे आन्दोलन

आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकलाका सामग्रीमा विलासिता शुल्क र भ्याट लागू गरेको विरोधमा महोत्तरीका सुनचाँदी व्यवसायीले आन्दोलन गरेका छन् ।

उनीहरूले विरोधस्वरूप शुक्रबार सदरमुकाम जलेश्वरमा र्‍याली निकालेका छन् । व्यवसायीले नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन् ।

त्यसैगरी, कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने , छिमेकी मुलक भारत सरह नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने र निर्यातको ढुवानीमा २.५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका छन् ।