चीनमा आईफोन बढी मात्रमा बिक्री

चीनमा एप्पलको आइफोन बिक्रीको आँकडा मे महिनामा शीर्ष स्थानमा पुगेको छ। अप्रिल र मे दुई महिनामा विश्वव्यापी बिक्री १५ प्रतिशतले वृद्धि भएको छ जुन कोभिड(१९ महामारीपछिको दुई महिनाको अवधिमा कम्पनीको सबैभन्दा राम्रो प्रदर्शन भएको काउन्टरपोइन्ट रिसर्चको तथ्यांकले देखाएको छ।

विश्वव्यापी बिक्री वृद्धि मुख्य रूपमा एप्पलका दुई ठूला बजारहरू—चीन र अमेरिका—मा पुनः वृद्धिका कारण भएको काउन्टरपोइन्ट रिसर्चको प्रारम्भिक तथ्यांकले जनाएको छ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार आयात कर छल्नेहरूले पनि एप्पललाई केही हदसम्म मद्दत गरेका थिए भने जापान, भारत र मध्यपूर्वी बजारहरूमा समेत दोहोरो अंकमा वृद्धि देखिएको छ।

काउन्टरपोइन्ट रिसर्चका वरिष्ठ विश्लेषक इभान लामले भने, “दोस्रो त्रैमासको आइफोन प्रदर्शन हालको लागि आशाजनक देखिन्छ, तर सधैँजस्तै यो वृद्धि या गिरावट दुई प्रमुख बजार—अमेरिका र चीन—द्वारा निर्धारण हुन्छ।”

चीन सरकार(सम्बद्ध संस्था चाइना एकेडेमी अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन्स टेक्नोलोजीको तथ्यांकका आधारमा चीनमा विदेशी ब्रान्डका फोनको एप्रिल महिनाको आपूर्ति ३.५० मिलियनबाट बढेर ३.५२ मिलियन युनिट पुगेको देखिएको रोयटर्सले उल्लेख गरेको छ।

एप्पलले चीनमा घरेलु प्रतिस्पर्धीहरूसँगको बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ र प्रतिस्पर्धी बन्ने प्रयासमा मूल्य कटौती गर्न थालेको छ। चिनियाँ इ(कमर्स प्लेटफर्महरूले मे महिनामा एप्पलको नयाँ आईफोन १६ मोडेलहरूमा अधिकतम २,५३० युआन (३५१ डलर) सम्म छुट दिएको पाइएको समाचारमा उल्लेख छ।