आइएमई वैदेशिक रोजगारीमा जानुभएका सबैको भरोसामा जन्मिएको हो :संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकाल

आइएमई लिमिटेडका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकाल आइएमईको २५ औं वाषिर्कोत्सवको अवसरमा लेख्नुहुन्छ –

आज हामी आइएमई लिमिटेड स्थापनाको २५औं वर्षमा प्रवेश गरेका छौं।वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पसिना र भरोसामा जन्मिएको यो संस्था, आज लाखौं नेपालीको आत्मीय विश्वास र सम्बन्धको माध्यम बन्न सफल भएको छ।यस विशेष अवसरमा, संस्था स्थापना र संचालनका लागि आवश्यक वातावरण निर्माण गरी साथ दिने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण नियामक निकायप्रति हार्दिक आभार प्रकट गर्दछु।त्यसैगरी, हाम्रो यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने व्यावसायिक साझेदारहरू र सेवाग्राहीहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु।यो यात्रामा अहोरात्र खटिएर यो विश्वास जित्न सहयोग गर्ने समर्पित सहकर्मी साथीहरू सबैलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु। हामीमाथि गरिएको विश्वास र साथले नै आजको आइएमई सम्भव भएको हो। आगामी दिनहरूमा पनि तपाईंहरूको यही माया, भरोसा र सहकार्य पाइरहने विश्वाससहित सबैमा पुन: धन्यवाद व्यक्त गर्दछु।

संकलन सामाजिक सञ्जालबाट