उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न ५२औँ साधारणसभाबाट राठी कोशीका ठुला उद्योगीहरूको संस्था उद्योग सगठन मोरङको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उद्योगी भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, वपिन काबरा, सुबोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा सौरभ सारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सिर्जन प्याकुरेल, उकेश अग्रवाल, दीपक अग्रवाल, सिद्धार्थ काबरा निर्वाचित चयन भएका छन् ।
निर्वाचित अध्यक्षले राठीले सदस्यमा प्रतीक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण व्यासलाई मनोनयन गरेका छन् । उक्त कार्यक्रमको साधारणसभाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले उद्घाटन गरेका थिए ।