बर्दियामा घडियाल गोहीका नब्बे बच्चा

घडियाल गोही गोही

बर्दिया राष्ट्रिय निकुञ्जमा भएका गोहीले ९० वटा बच्चा कोरलेको छ। प्रजनन केन्द्रभित्र रहेको १२० भन्दा बढी अन्डामध्येबाट घडियाल गोहीले ९० वटा बच्चा कोरलेको हो।

घडियाल गोही सफा नदीमा बस्ने र माछा खाने गर्छ । यो गोही मगर गोहीजस्तो जहाँ पायो त्यहीँ जाँदैन भने यसले मानिसलाई आक्रमण गर्दैन। तर, पछिल्लो समयमा भइरहेको नदी प्रदूषण, प्राकृतिक बासस्थानको विनास, नदीमा माछा मार्न जाने व्यक्तिले अन्डा फुटाइदिनेजस्ता कारण गोहीको अस्तित्वसमेत संकटमा पर्दै गएको छ।

गोहीको अस्तित्व संकटमा पर्दै गएपछि सरकारले निकुञ्जभित्र प्रजनन केन्द्र स्थापना गरिएको छ। गोही प्रजनन केन्द्रको स्थापना भएपछि बर्दिया राष्ट्रिय निकुञ्जभित्र नौवटा पोथी गोही राखिएको थियो। केही समयअघि घडियाल गोही लोप हुने देखाएपछि चितवन राष्ट्रिय निकुञ्जबाट भाले पोथी घडियाल लागेर बर्दियामा प्रजननका लागि राखिएको थियो ।