ओली र झोलेलाई सराप्दैमा विकास नहुने निश्चित

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म झोले हो लेख्नेबीत्तिकै नेकपा एमालेभित्र ‘झोले’हरूको झुण्ड निर्माण भयो ।

झोले शब्दको सकरात्कता र नकरात्मकता आ–आफ्नो बुझाइमा होला, तर प्रधानमन्त्रीले पोष्ट गरेपछि निर्मित झुण्डबाट उत्पन्न हुने तालीले देशलाई सही निशानिर्देश नगर्ने निश्चित छ ।

एमाले नेतृत्वको सरकारबाट पछिल्लो समय केही थान अलोकप्रिय निर्णय भएकै हो । पार्टीगत आस्था आफ्नो ठाउँमा होला, तर सचेत नागरिकको हैसियतले, यस्ता निर्णयहरूलाई काँध थाप्न सकिँदैन ।

नेपाल कम्युनिष्ट पार्टीको गौरवशाली इतिहासलाई कसैले नामेट गर्न सक्दैन । त्यसैले ओलीले म झोले हुँ भन्दैमा अधिकांश एमाले नेताले म झोले भन्दै हिड्नु पनि  राम्रो संकेत होइन ।