कामना सेवा विकास बैंकले दियो दृष्टिविहीनलाई वित्तीय साक्षरता

आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उल्लेखनीय काम गर्दै आएको कामना सेवा विकास बैंकले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।

बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा ४० जना भन्दा बढि दृष्टीविहीनहरुको उपस्थिती रहेको थियो ।

कामना सेवाले सामाजिक कार्यमा अग्रसर हुँदै काम गर्दै आएको छ डिजिटल माध्यममा पछिल्लो समय राम्रो कार्यहरू गर्दै आइरहेको यस बैंकले वित्तीय साक्षरताका कामहरु पनि गर्दै आइरहेको छ ।