मधेस सरकारको नयाँ बजेट : ४६ अर्ब ५८ करोड

मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ बराबरaको बजेट ल्याएको छ।

प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत बजेट विनियोजन गर्नुभएको हो ।
त्यसैगरी पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत बजेट छुट्याउनुभएको छ ।

मधेश प्रदेशले सरकारी कर्मचारीहरुलाई दिने महंगी भत्ता बढाएको छ। प्रदेशका अर्थमन्त्री यादवले प्रदेश सरकारले प्रदान गर्दै आएको महंगी भत्तालाई बढाएर ५ हजार पुर्‍याएको बताउनुभएको हो ।

सरकारी कर्मचारीहरुले पाउँदै आएको महंगी भत्तालाई वृद्धि गरी मासिक ५ हजार पुर्‍याइएको बजेटमा राखिएको छ ।