बागमती प्रदेशको बजेट अन्यौल

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट भाषण अन्यौल बनेको छ।

आइतबार आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक सत्तारुढ दलहरुबीच बजेटमै बिवाद हुँदा साँझ ६ः३० बजेसम्मका लागि स्थगित गरिएको थियो। दिनभर जसो अन्यौल बनेको बजेट भाषण तोकिएको समयमा अझै सुरु हुन सकेको छैन।

बजेटको बिवाद मिलाउन मुख्यमन्त्री बहादुर सिहं लामाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

सत्तामा रहेका दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका मन्त्रीहरुबीच बजेटको आकारको बिषयमा बिवाद भएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब भन्दा बढीको बजेट बनाएको भन्दै सत्तारुढ दल एमाले र कांग्रेसकै केही मन्त्रीहरुले उक्त बजेट स्वीकार्न नसकिने बताउनुभएको हो ।